Hatti Dhungama – Sagar Ale, Melina Rai Lyrics
Singer | Sagar Ale, Melina Rai |
Arranger | Gopal Rasaily |
Music | Kalyan Singh |
Song Writer | Hark Saud |
हुउ…..हुउ…….हुउ…..
भिरमा बस्ने भिर माउरी घुमीघुमी बस्यो
(घुमीघुमी बस्यो)
फापर फूलको थुङ्गामा
जुगजुग रहला खोपिखोपि लेख्या नाम
तिम्रो मेरो हात्ती ढुंगामा
हात्ती ढुंगामा
गलैमा लाउने कम्पनि माला हातैमा औंठी चुरा चाँदी नाडीमा बेरेर
ढुङ्गालाई हिउँले ढाक्डेला, लेउ पानी छोप्देला
नाम राख्नु मुटुमा लेखेर
मुटु….. लेखेर
भिरमा बस्ने भिर माउरी घुमीघुमी बस्यो
(घुमीघुमी बस्यो)
फापर फूलको थुङ्गामा
जुगजुग रहला खोपिखोपि लेख्या नाम
तिम्रो मेरो हात्ती ढुंगामा
हात्ती ढुंगामा
गलैमा लाउने कम्पनि माला हातैमा औंठी चुरा चाँदी नाडीमा बेरेर
ढुङ्गालाई हिउँले ढाक्डेला, लेउ पानी छोप्देला
नाम राख्नु मुटुमा लेखेर
मुटु….. लेखेर
हिउँको खास्टो हिउँकै छ डसना
परपर होइन वर वर, आडैमा सरन
आँखा लोभि मन हुन्छ रे पापी
मुखले ठिक्क मनले दिक्क भर छैन तिमीमाथि
बाँध माया मायाकै रेसमी डोरीले (डोरीले)
गीत मीठो सुरैले धुन मिठो टुुुङग्नामा (मिठो टुुुङग्नामा)
जुगजुग रहला खोपिखोपि लेख्या नाम
तिम्रो मेरो हात्ती ढुंगामा (हात्ती ढुंगामा)
हात्ती ढुंगामा
फुल फुल्यो लगमग चल्यो रे बासना
यो दिलमा गाह्रो छ है चलाउन शासन
बादल झैं तिम्रो केस घुम्टोले छोपौं कि
तिम्रो मेरो पिरतीको इतिहास खोपौं कि
बाँध माया मायाकै रेसमी डोरीले (डोरीले)
पानी मुल लाली फूल छेकिन्न छेकेर (छेकिन्न छेकेर)
ढुङ्गालाई हिउँले ढाक्डेला, लेउ पानी छोप्देला
नाम राख्नु मुटुमा लेखेर
मुटु….. लेखेर