मैले पुण्य मनपराएँ, या पाप मनपराएँ।
जे होस् मैले तिमीलाई, चुपचाप मनपराएँ।
जे होस् मैले तिमीलाई, चुपचाप मनपराएँ।
जब फुल र काँडा दुइटा, सँगै रमाउन सक्छ।
जब दागको रंगमा पनि, टिका समाउन सक्छ।
नसोध मैले वरदान, या श्राप मनपराएँ।
जे होस् मैले तिमीलाई चुपचाप मनपराएँ।
तिमीसँग लिनुपनि छ, तिमीलाई दिनुपनि छ।
हाम्रो हिसाब किताबमा,सच्याउनु पनि छ।
यो हिसाब भुलेर तिमीलाई, बेहिसाब मनपराएँ।
जे होस् मैले तिमीलाई, चुपचाप मनपराएँ।…२