सधैं सधैं आइरहन्छ, तिम्रो यादहरु।
यो मन एक्लै गुनगुनाउछ, अतितका ति धुनहरु।
कती तड्पे पर्खिरहे,फर्की तिमी आएनौ।
बेदनामा गीत कोरे, फर्की तिमी आएनौ।
बेदनामा गीत कोरे, सुनिदेउ यो गीत मेरो।
अमर रहोस, यो प्रीत हाम्रो।
यो मन एक्लै गुनगुनाउछ, अतितका ति धुनहरु।
कती तड्पे पर्खिरहे,फर्की तिमी आएनौ।
बेदनामा गीत कोरे, फर्की तिमी आएनौ।
बेदनामा गीत कोरे, सुनिदेउ यो गीत मेरो।
अमर रहोस, यो प्रीत हाम्रो।
हेर्दा हेर्दै पारी क्षितिजलाई, आसुँ खस्छ थाहा नपाई।
सक्नेभए फर्काइल्याउथे म, मेरी माया तिम्रो हात समाइ।
कती तड्पे पर्खिरहे,फर्की तिमी आएनौ।
बेदनामा संगीत रचे,फर्की तिमी आएनौ।
बेदनामा संगीत रचे,सुनिदेउ संगीत मेरो।
अमर रहोस् त्यो प्रीत हाम्रो।
[जुनि जुनि, तिमी सँगै जिउने।
सपना मेरो, तिमी लाई नै पाउने।]…२
तर कहाँ पुग्थ्यो र,सोचे जती सबै.
सधैं सधैं आइ रहन्छ,तिम्रो यादहरु।
[जुनि जुनि, तिमी सँगै जिउने
सपना मेरो, तिमी लाई नै पाउने]…२
तर कहाँ पुग्थ्यो र,सोचे जती सबै।
[सधैं सधैं आइ रहन्छ,तिम्रो यादहरु।
यो मन एक्लै गुनगुनाउछ, अतितका ति धुनहरु।]…२